बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वित्तीय विवरण Nepal Financial Reporting Standards (NFRSs) बमोजिम तयार गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने क्रममा NFRS 9 को हकमा कोभिड-१९ को बन्दा-बन्दी र सो को प्रभाव, नेपालमा दक्ष जनशक्त्तिको कमि, सिमित समयावधि लगायत विभिन्न कारणहरुले गर्दा उक्त्त वित्तीय प्रतिवेदनमान आ.व. २०७८।७९ देखि बैंकहरुलाई लागू गर्न प्राविधिक कठिनाई भएको व्यहोरा सहित ३ वर्षको लागि Carve-out उपलब्ध गराईदिन नेपाल राष्ट्र बैंकबाट सिफारिश साथ अनुरोध भई आएको उपर बोर्डको मिति २०७९।०३।३१ गते बसेको १४३औं बैठकमा विस्तृत छलफल गरि NFRS 9 का Para 5.4 (Effective Interest Rate) र Para 5.5 (Impairment) का विषयमा तल उल्लेखित बमोजिमको समय-सिमा सहितको Carve-out स्वीकृत गरेको तथा NFRS 3 का विषयमा समेत तल उल्लेखित बमोजिमको Interpretation/Explanatory Notes स्वीकृत गरेको छ । बोर्डबाट स्वीकृत उक्त्त Carve-out र Interpretation/Explanatory Notes लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा ११ (ड) बमोजिम पालना गर्ने/गराउनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाई पठाईएको छ ।

  1. Click here to view/download the Carve-out/deferral in NFRS 9 (Effective Interest Rate & Impairment)
  2. Click here to view/download an Interpretation/Explanatory Notes on NFRS 3: Business Combination